Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बेनी–जोमसोममा सिन्डिकेट तोडियो


९ माघ २०७३, आइतबार


मुस्ताङ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ ।

सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र काठमाडौँबाट जोमसोमसम्म सिधा यात्रुबाहक बस तथा जिप सञ्चालनमा आएका छन् । एक वर्षदेखि म्याग्दी र मुस्ताङ समितिले हरेक दिन बेनीदेखि जोमसोमसम्म सिधा यात्रुबाहक बस सञ्चालन गरिरहेको छ ।

गत मङ्सिरदेखि मुक्तिनाथ दर्शन प्रालिले जोमसोम–पोखरामा सिधा जिप सेवा सञ्चालन गरिरहेको छ । यो रुटमा हरेक दिन तीनवटासम्म जिप छुट्ने गरेका छन् ।

धौलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले गत बिहीबारदेखि जोमसोम–काठमाडौँ सिधा रात्रि डिलक्स बस सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा म्याग्दी सदरमुकाम बेनीसम्म रहेकामा स्थानीय यातायात व्यवसायीको सहकार्यमै जोमसोमसम्म विस्तार गरिएको हो । समितिका सदस्य यमबहादुर पुनले मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी काठमाडौँबाट हरेक दिन दुईवटा रात्रि बस सेवा सुरु गरिएको बताए ।

पोखरा र काठमाडौँबाट समेत सेवा सञ्चालन भएपछि पर्यटकीय जिल्लामा आउने पर्यटक र स्थानीयवासीलाई सहज भएको जोमसोमका कुलबहादुर थकालीले बताए । “पहिला पोखरासम्म पुग्न कि त महँगो भाडा तिरेर हवाईमार्ग प्रयोग गर्नुपथ्यो, तैपनि त्यो भरपर्दो थिएन”, उनले भने – “अहिले बस र जिपमा रोजेर यात्रा गर्न पाइएको छ ।” म्याग्दी र मुस्ताङ समितिले स्थानीय यात्रुलाई लक्षित गर्दै बेनी–घासा र घासा–जोमसोममा नियमित बस तथा जिप सञ्चालन गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस