Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बालबालिकाले छुटाए अभिभावकको कुलत


९ माघ २०७३, आइतबार


बेनी (म्याग्दी) । घरमा आमाबाबुको निगरानीमा रहनुपर्ने बालबालिकाले उल्टै अभिभावकको बानी व्यवहारमा परिवर्तन ल्याई समाजका लागि सकारात्मक सन्देश दिएका छन् ।

म्याग्दी जिल्लाको बेनी नगरपालिकालगायत अन्य तीन गाविसका बाल विकास केन्द्रमा रहेका ६५ भन्दा बढी बालबालिका अहिले आफ्ना अभिभावकका लागि मार्गदर्शक बनेका छन् । उनीहरुले घरपरिवार र विद्यालयमा मात्रै होइन समाजमा नै अविश्वसनीय परिवर्तन ल्याएका बालजागृति प्रावि बगुवाखोलाका प्रधानाध्यापक भक्त कार्कीले बताए ।

प्रअ कार्कीका अनुसार आफ्ना छोराछोरीको करले गर्दा अभिभावकहरु धूमपान, मद्यपानलगायतका दुव्र्यसनी त्याग्नुका साथै पारिवारिक जिम्मेवारी पनि सम्हाल्न थालेका छन् । आफ्ना बाबुआमालाई चर्पीमा दिसापिसाब गर्न र साबुनले हात धुन पनि सिकाएका छन् ।

“बालबालिकामा आएको परिवर्तन देख्दा आश्चर्य लाग्छ”, प्रअ कार्कीले भने – “सामाजिक कार्यका लागि जनश्रमदान गर्न, फाल्तु खर्च कम गरी बचत गर्न र आफूजस्तै बालबालिकालाई अनिवार्य विद्यालयमा भर्ना गराउनसमेत कर गर्छन् यी बालबालिकाहरु ।”

त्यसैगरी गाउँ बाल कल्याण समिति ज्यामरुककोटका संयोजक टीकाबहादुर कार्कीले बाल विकास केन्द्रमा अध्ययन गर्ने ६ देखि १५ वर्षसम्मका बालबालिकाले आफ्ना अभिभावकलाई सुधार्न सफल भएका बताए । “आफ्नै छोराछोरीले सिकाउन थालेपछि अभिभावकलाई पनि लाज लाग्दो रहेछ र उनीहरु सुध्रन बाध्य हुँदा रहेछन्” – कार्कीले भने ।

बालबालिकालाई घरायसी वातावरणमा अक्षर चिनाउनुका साथै दैनिक गर्नुपर्ने व्यक्तिगत र घरायसी सरसफाइसम्बन्धी आवश्यक विषय बाल विकास केन्द्रद्वारा सञ्चालित बाल कक्षामा सिकाइने गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस