Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भूकम्पको पहिलो किस्तासँगै एकीकृत सेवा पाउँदा गाम्नाङ्टारवासी हर्षित


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


ओखलढुङ्गा । भूकम्प गएको झन्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्टार र टार केराबारी गाविसका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकमसहित एकीकृत सेवा गाउँमै पाउँदा हर्षित भएका छन् ।

गाम्नाङ्टार र टार केराबारीका झन्डै ७०० घरपरिवारलाई करिब तीन करोड ५० लाख गाउँमै लगेर वितरण गरिएपछि गाउँले हर्षित भएका हुन् । पहिलो किस्ताबापत प्रतिपरिवारले ५० हजार पाएका छन् । सदरमुकामदेखि सो स्थल करिब दुई दिनको पैदल दूरीमा पर्दछ ।

स्थानीय प्रशासनले नागरिकता, जग्गापास, राहदानी, कृषि, स्वास्थ्य शिविर, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचय पत्रलगायतका एकीकृत घुम्ती शिविर सेवा पनि एकैचोटी उक्त स्थानमा सञ्चालन गरेको छ ।

सांसदहरु रामहरि खतिवडा, यज्ञराज सुनवार र हर्कबोल राईले श्री ग्रामोदय युगकवि सिद्धिचरण उच्च मावि ग्याम्नाङ्टारमा आज आयोजित कार्यक्रममा सरस्वती बस्नेत, कल्याणी रोका र टेकबहादुर बुढाथोकीलाई पहिलो किस्ताबापतको अनुदान रकम प्रदान गरे । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले नागरिकता प्रदान गरेर प्रशासनिक सेवाको सुरुवात गरे ।

“अहिलेसम्म ऋण काढेर कष्टले टहरामै बसेका छौँ, अब पहिलो किस्ता पाएपछि घर निर्माणको कार्य अघि बढाउँछौँ”, टारकेराबारीका ६२ वर्षीय यज्ञबहादुर अछामीले भने।

जिल्लाका ५० मध्ये पकलीटार र रगनी गाविसमा अझै अनुदानको पहिलो किस्ता वितरण हुन सकेको छैन ।

“दुर्गम बस्तीका भूकम्पपीडित परिवारलाई आवास निर्माणका लागि पहिलो किस्ता र सरकारले दिने धेरै किसिमका सेवा गाउँबस्तीमा उपलब्ध गराउनु उदाहरणीय काम हो”– सांसद खतिवडाले भने । सांसद खतिवडाको पहलमा हेलिकप्टरबाट सो स्थलमा आवतजावतको प्रबन्ध मिलाइएको थियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख युवराज खरेलले १८ हजार ८०० प्रभावित परिवारमध्ये अधिकांशसँग अनुदान सम्झौता भएको भए पनि जम्मा ७६७ घर मात्र निर्माण हुँदै गरेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस