दुर्गानाथ शर्माको ‘छाल’ बजारमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दुर्गानाथ शर्माको ‘छाल’ बजारमा


प्रशासन संवाददाता

८ माघ २०७३, शनिबार


काठमाडौँ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माले लेख्नुभएको संस्मरणात्मक कृति ‘छाल’ शनिवारदेखि बजारमा आएको छ ।

करिब ४० वर्षसम्म शर्माले सञ्चारका क्षेत्रमा बटुलेका अनुभवलाई पुस्तकमा समेटिएको छ । ‘गोरखापत्र’, ‘रेडियो नेपाल’ र ‘नेपाल टेलिभिजन’का माध्यमबाट गरिएको पत्रकारिता तथा समाचार सङ्कलनका सन्दर्भमा विभिन्न मुलुकमा पुगेका संस्मरण पुस्तकमा पाइन्छ ।

राप्रपाका अध्यक्ष कमल थापाले पुस्तकको विमोचन गर्दै पत्रकारिताका क्षेत्रमा शर्माले सँगालेका ज्ञान तथा विभिन्न राजनीतिक घटनाक्रममा विभिन्न अनुभवको सशक्त अभिव्यक्तिका रुपमा कृति आएको बताए ।
वरिष्ठ साहित्यकार प्रा डा तारानाथ शर्माले समाजलाई चनाखो बनाउने र समयसापेक्ष मार्गनिर्देश गर्नका लागि सञ्चार क्षेत्रको महत्व रहेको उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ‘वैदेशिक शक्तिले विभिन्न दललाई सङ्घीयताको विषय उठाउन लगाएकाले मुलुक अहिले विखण्डनको दिशातर्फ गइरहेको’ विचार व्यक्त गरे ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सञ्चार प्रविधिका बारेमा यथेष्ट ज्ञान दिने सो पुस्तक सञ्चार क्षेत्रमा लाग्नेका लागि विशेष उपयोगी रहेको बताए ।रासस

प्रतिक्रिया दिनुहोस