चन्द्रमाको दाग मात्र, याद आउँछ घरिघरि
तबलाको राग मात्र, याद आउँछ घरिघरि
सधियारको ग्रेटवालले सूर्य छेक्यो जबदेखि
गैंडाको खाग मात्र, याद आउँछ घरिघरि
स्याल बनी बाँचेकाको संकटले तर्साउँदा
जङ्गगलको बाघ मात्र, याद आउँछ घरिघरि
मेरो स्वाभिमान सधैं हिम्मत नहार भन्छ
मणीवाला नाग मात्र, याद आउँछ घरिघरि
आऊ बाचौं, बचाऔं भनी मुस्कुरायौ जब
गुलाफको बाग मात्र, याद आउँछ घरिघरि