कविता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कविता


८ माघ २०७३, शनिबार


मिरमिरे उज्यालो कोठा छ
दिनमा पनि बत्ति बाल्नु पर्छ
त्यहाँ एउटा मान्छे बस्छ
जस्को एउटा डायरीको पानामा
बत्ति नै बत्तिको अमूर्त चित्र छ

मान्छे सधैं एक्लै बस्छ
आफन्त सबै टाढा भइसकेको छ
जस्को एउटा डायरीको पानामा
परिवार नै परिवारको अमूर्त चित्र छ

तलमाथी गर्न असक्षम उ
घुमफिर गर्न असक्षम उ
त्यहाँ एउटै ठाउँमा बसेर
दिनरात कटाउँछ
जस्को एउटा डायरीको पानामा
सुन्दर दृश्यको चित्रले भरिएको छ

जिवनको उसलाई खाँचो छैन
सयौं वर्ष बाच्ने आशा पनि छैन
मृत्यु उसको नजिक आइरको छ
जस्को एउटा डायरीको पानामा
कोमल कोपिलाको चित्र छ
नौलो विहानीको चित्र छ

प्रतिक्रिया दिनुहोस