बनाउनेले पानी माथि घर बनायो
भगवानले पनि कस्तो खप्पर बनायो
सुन्यबाट शुरू हुन्छ शून्यमै सकिन्छ
कस्ले जीवनको यस्तो सफर बनायो
स्त्री र पुरुष राख्या भए भै हाल्थ्यो नी
किन ? बेकारमा नानाथरी थर बनायो
आखिर रातै छ रगत उनको पनि मेरो पनि
कस्ले किन मान्छेकै बीचमा अन्तर बनायो
यो बिज्ञान देखेर पनि अचम्म लाग्छ अचेल
बचाउन अस्पताल मार्न जहर बनायो