पाल्पाली समाज युएईद्वारा राहत रकम सहयोग « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

पाल्पाली समाज युएईद्वारा राहत रकम सहयोग


६ माघ २०७३, बिहिबार


पाल्पा । पाल्पाली समाज युएईले दुबईमा ज्यान गुमाएका दुई युवाको परिवारलाई राहत रकम सहयोग गरेको छ । रोजगारीका लागि दुबई गएका रामपुर नगरपालिका–११ का बाबुराम विक र रामपुर–४ रजघराका माधव गैरेको परिवारलाई राहत रकम सहयोग गरेको हो ।

बाबुरामका छोरा रोशन र छोरी मनिषा विकको नाममा अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा ५०÷५० हजारको अक्षयकोष स्थापना र काजक्रिया खर्चबापत २५ हजार गरी एक लाख २५ हजार रकम प्रदान गरेको छ ।

अर्का ज्यान गुमाएका माधवका ठूलोबुबा यज्ञमुक्ति घिमिरेलाई नगद ७५ हजार पाल्पाली समाज युएई फुजेराका क्षेत्रीय अध्यक्ष इन्द्रबहादुर घर्तीले राहतस्वरुप रकम बुधबार हस्तान्तरण गरे । रोजगारका लागि दुबई गएका विकको गत भदौमा र गैरेको गत मङ्सिरमा निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस