विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्युत् चोरी गर्ने ९१ जनामाथि कारबाही


६ माघ २०७३, बिहिबार


उर्लाबारी (मोरङ) ६ माघ । नेपाल विद्युत्प्रा धिकरण, विराटनगरले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ ।

विद्युत्त्को पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुख शम्भु कुसियतले बुधबार बताए । विद्युत् चोरी गरेर प्रयोगमा आएका एकसय ४० थान टेलिभिजन, १७ थान फ्रिज, ३० थान डिसहोम तथा अन्य गरी तीनसय २८ थान सामान पनि नियन्त्रणमा लिइएको छ ।

अभियानअन्तर्गत विगत तीन महिनामा रु ११ लाख ४६ हजार ६ सय राजस्वसमेत असुल भएको जनाइएको छ । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत अहिले दैनिक तीन देखि चार जनालाई कारबाही गरिरहेको कार्यालयले जनाएको छ ।

विद्युत् चोरी गर्ने विराटनगरको अरुण सिनेमा हललाई सबैभन्दा बढी रु. एक लाख ३४ हजार जरिवाना गरिएको कार्यालय प्रमुख कुसियतले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस