Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

त्रिशूलीमा ट्याङ्कर खस्दा चालक बेपत्ता


५ माघ २०७३, बुधबार


चितवन । काठमाडौँबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन् भने ट्याङ्कर पनि बेपत्ता छ ।

रातिदेखि नै खोजी कार्य जारी रहेको थापाले बताए । ट्याङ्करमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन् ।

उनको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरी उपरीक्षक थापाले बताए ।

ट्याङ्कर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्याङ्कर खसेको सहचालकले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस