नेपाल–भारतवीचको सम्वन्ध कसैले विगार्न सक्दैनः राजदूत रे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल–भारतवीचको सम्वन्ध कसैले विगार्न सक्दैनः राजदूत रे


४ माघ २०७३, मंगलबार


नेपालगन्ज । भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताएका छन् ।

नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलवार शिलान्यास गर्दै उनले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिए ।

नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि उनले बताए । दुई देशबीचको पारस्परिक सम्बन्धलाई सानोतिनो मतभेदले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो ।

भारतीय राजदूतावासको पाँच करोड र बाँके जिल्ला विकास समितिको ९५ लाखसहित पाँच करोड ९५ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस