Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कांग्रेस, एमाले र माओवादीबाट ४ सय बढी फोरममा प्रवेश


४ माघ २०७३, मंगलबार


बारा । संघीय समाजवादी फोरम नेपालमा बाराबाट विभिन्न पार्टी परित्याग गरी चार सय बढी प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षा लगायत परिवर्तनको पक्षमा फोरम नेपाल अग्रपंक्तिमा रहेको भन्दै उनीहरु उपेन्द्र यादव नेतृत्वको फोरमको सदस्यता लिएका हुन् ।

बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपाल लगायत विभिन्न पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूहलाई अध्यक्ष यादवले स्वागत गरेका छन् ।

अधिकार सम्पन्न मधेशको लागि अन्य पार्टीहरु इमान्दार एवं प्रतिबद्ध नभएको भन्दै फोरम नेपाल प्रवेश गरेको नवप्रवेशीहरुले प्रतिक्रिया दिए ।

पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दी, केन्द्रीय सदस्यद्वय प्रमोद प्रसाद गुप्ता, रामकिशोर यादव, प्रकाश चौगाई, बच्चा यादव, नेताहरु आत्माराम साह, प्रयागराय यादव, पारष प्रसाद साह, शिवनाथ पटेल लगायत सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस