Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रुस्लान कप क्रिकेटः पुलिस र आर्मी फाइनलमा


३ माघ २०७३, सोमबार


काठमाडौँ । नेपाल पुलिस क्लबले न्यू होराइजन क्रिकेट क्लब, बुटवललाई पराजित गर्दै दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले होराइजनलाई ७ विकेटले हराउँदै फाइलनमा प्रवेश गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरमा ८२ रन जोड्दै अल आउट भएको थियो ।

होराइजनले दिएको ८३ रनको लक्ष्यलाई पुलिसले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । पुलिसको जितमा सुनील धमलाले ३६ रनको योगदान गरे । त्यस्तै, योगेन्द्र कार्कीले २० रन लिए भने अरिफ शेखले १७ रन जोडे ।

यता होराइजनका ब्याट्सम्यान कृष्ण कार्कीले २५ तथा शङ्कर रानाले १६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले ३ विकेट लिए । त्यस्तै, ललित भण्डारी, रामनरेश गिरी, कुशल भुर्तेल, सुनिल धमला तथा मञ्जीत श्रेष्ठले समान १÷१ विकेट लिए ।

त्यसैगरी, सोही मैदानमा आजै भएको अर्को खेलमा नेपाल आर्मी क्लबले एसपिए धनगढीलाई ७० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रनको योगफल तयार ग¥यो । जवाफी ब्याटिङमा उत्रेको धनगढी २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा ११७ रनमा समेटियो ।

आर्मीको जितमा सागर पुनले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी, राजेश पुलामीले ५५ तथा अनिलकुमार मण्डलले ३० तथा राजु रिजालले १२ रन जोडे ।

त्यस्तै, धनगढीका ब्याट्सम्यान विजय रानाले ३८ तथा रोमन बमले २५ रन जोडेका थिए । धनगढीलाई ११७ रनमा समेट्ने क्रममा आर्मीका अभिनाश कर्णले तीन, सागर पुन र जीतेन्द्र मुखियाले समान २÷२ विकेट लिए । भोलि (मङ्गलबार) दुई विभागीय टोली पुलिस र आर्मी उपाधिका लागि भिड्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस