Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपतिकी छोरीको विवाह समारोहमा सहभागी


प्रशासन विशेष ब्युरो

३ माघ २०७३, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाह समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् ।

पूर्वराजा शाह शीतल निवासमा करिव २० मिनेट बसेको बताइएको छ । पूर्वराजा शाह राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणा, अध्यक्ष कमल थापा, नेता लोकेन्द्रबहादुर चन्दलगायत एउटै टेबलमा बसेका तस्वीर सार्वजनिक भएका छन् । बरबधुलाई शुभकामना दिएपछि पूर्वराजा र राष्ट्रपतिवीच कुराकानी भएको समेत बताइएको छ ।

मुलुकमा गणतन्त्र स्थापना पश्चात पूर्व राजाले राष्ट्रप्रमुखलाई सम्भवतः पहिलो पटक भेट गरेका हुन् । बिवाह समारोहमा राजपरिवारको तर्फबाट पूर्वराजा शाह मात्र शीतलनिवास गएका थिए ।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन्। अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन्। किरण यादव महोत्तरी–२ बाट निर्वाचित कांग्रेस संसद हुन्।

प्रतिक्रिया दिनुहोस