Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मिडवाइफ्री कार्यक्रम मातृ तथा नवजात शिशुका लागि कासेढुंगाः यूएनएफपीए


प्रशासन विशेष ब्युरो

३ माघ २०७३, सोमबार


काठमाडौं । नेपालमा औपचारिक रूपमा व्याचलर्स इन मिडवाइफ्री कार्यक्रम सुरू हुनु मुलुकको मातृ तथा नवजात शिशु स्वास्थ सुधारका लागि महत्वपूर्ण कासेढुंगा भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) ले जनाएको छ ।

नेपाल सरकारले व्यावसायिक मिडवाइफको उत्पादनबाट यसलाई एउटा स्वतन्त्र पेशाका रूपमा स्थापित गर्ने आफ्नो दीर्घकालीन रणनीतिलाई मान्यता दिंदै पुस २१ गतेदेखि ब्याचलर्स इन मिडवाइफ्री कार्यक्रम सुरु गरेको हो ।


सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९ सय १ मातृ मृत्युदर रहेकामा सन् २०१५ मा यो २ सय ५८ मा झारेर नेपालले ठूलो प्रगति गरेको छ ।

‘हामी राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालयलाई व्याचलर्स इन मिडवाइफ्री कोर्स सुरु गरेकोमा कदर गर्न चाहन्छौं’ नेपालका लागि यूएनएफपीएकी प्रतिनिधि जुलिया भलिसीले भनिन् ।‘मातृ मृत्युदर घटाउन मिडवाइफहरूको मुख्य भूमिका छ । मातृ तथा नवजात शिशुमृत्युका साथै रोगको न्यूनिकरणमा उनीहरूको महत्वलाई यसरी मान्यता दिनुले प्रत्येक गर्भधारलाई इच्छाएको र प्रत्येक जन्मलाई सुरक्षित बनाउन योगदान दिन्छ’ उनले भनिन् ।

जुलिया भन्छिन् ‘राम्ररी तालिमप्राप्त मिडवाइफहरूका साथै उनीहरूलाई रोजगारीमा भर्ना लिने, काममा खटाउने र काममा लगाइराख्ने योजनाले कूल मातृ तथा नवजात शिशु मृत्युको झण्डै दुई तिहाई घटाउनका निम्ति मद्दत पुर्याउन सक्छ । साथै, उनीहरूले ८७ प्रतिशतसम्म अत्यावश्यक यौन, प्रजनन्, मातृ तथा शिशु स्वास्थ्य सेवाहरू उपलब्ध गराउन सक्छन् ।’

अनुकूल परिस्थितिको निर्माण र आवश्यक नीति–नियमहरूबाट साथ दिने हो भने मिडवाइफहरू स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न एउटा सबैभन्दा मितव्ययी र सांस्कृतिक रूपमा सम्वेदनशील उपाय भएको उनको बुझाइ छ ।

विश्व स्वास्थ्य संगठन, युनिसेफ, यूएनएफपीए र विश्व वैंकसहितको अन्तर एजेन्सी समूहको मातृ मृत्युसम्बन्धी एक अनुमान अनुसार सन् १९९० मा प्रति एक लाख जीवित जन्ममा ९ सय १ मातृ मृत्युदर रहेकामा सन् २०१५ मा यो २ सय ५८ मा झारेर नेपालले ठूलो प्रगति गरेको छ ।

सुत्केरी गराउने दक्ष सहयोगीको अभावमा घरमै सुत्केरी हुँदा वा स्वास्थ्य निकायहरूमा पूर्ण रूपमा स्तरीय प्रसूति सेवा/रेखदेखको उपलब्धता नहुनाले धेरै महिला सुत्केरी हुने क्रममा मृत्यु हुने क्रम अझै जारी छ । त्योभन्दा पनि ज्यादा, स्वास्थ सेवाहरूको उपयोग र पहुँचमा असमानताले विभिन्न भौगोलिक क्षेत्र, जातीय समूह तथा शैक्षिक र आर्थिक अवस्था भएकाहरूबीचको स्वाथ्य स्थितिमा गम्भीर विभेदहरू पैदा गरेको छ । त्यसैले स्वास्थ्य संस्थाहरूमा उपलब्ध मातृ तथा नवजात शिशुसम्बन्धी स्वास्थ सेवाहरूको गुणस्तर निरन्तर सुदृढ गराइनु आवश्यक छ । यस्ता गुणस्तरीयताका सवालहरू विश्वव्यापी मान्यता अनुरूपको छुट्टै स्वास्थ्य रेखदेख गर्ने व्यावसायिक मिडवाइफहरूको अभावमा थप जटिल हुन गएका छन् ।

यूएनएफपीएले सन् २००९ देखि नै नेपालमा मिडवाइफ्री शिक्षाको विशिष्टिकरणका लागि स्वास्थ्य मन्त्रालय र अन्य साझेदारहरूसँग काम गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस