Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साँस्कृतिक संघ कैलालीको अध्यक्षमा पुनः रावत निर्वाचित


३ माघ २०७३, सोमबार


कैलाली । नेपाल साँस्कृतिक संघ कैलाली को दोस्रो जिल्ला अधिवेशन आइतवार सम्पन्न भएको छ ।

निर्वाचन समिती संयोजक फणिराज साप्कोटाले अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’ निर्विरोध निर्वाचित भएको बताए । त्यस्तै उपाध्यक्षमा गोविन्द साउँद, सचिवमा लक्षमी नाथ, कोष्ध्यक्षमा सुमित्रा गुरुङ्ग, सह–सचिवमा डी एन बोहरा निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा सीता मल्ल, ज्योती देउबा, हरिश कडायत, समीक्षा सिराडी, मानावी बम, बिरेन्द्र शाह, दिपिका मल्ल, सरस्वती सापकोटा, सबिन धामी, शर्मिला गुरुङ्ग निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरुमा लक्ष्मी भण्डारी, यज्ञ राज जोशी, साधना बि सि, यशोदा भण्डारी, सुमित्रा गुरुङ्ग, लक्ष्मी नाथ निर्वाचित भएका छन् ।

अधिवेसशनको उद्घाटन पूर्व राज्यमन्त्री एवम् सांसद् पुष्करनाथ ओझाले गरेका थिए । उनले कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका मूलभूत आधार राष्टि«य स्वतन्त्रता, क्षेत्रीय अखण्डता र जनताको बाँच्न पाउने अधिकारका निम्ति कुनै सम्झौता गर्न नसकिने बताए। उनले अन्य विषयमा छलफल गरेर अगाडी बढ्नु पर्ने बताए ।

उक्त कार्यक्रमा मदन पुरस्कार प्राप्त गर्न सफल कृति ‘ऐना’ कथा सग्रहका लेखक साहित्यकार रामलाल जोशी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ विवश पोख्रेल, बरिष्ठ कवि मनिराज जोशी, प्रतिभा पुस्तकालयका अध्यक्ष कृष्ण पनेरु बन्चित, डोटेली समाजका अध्यक्ष, संस्कृतिकर्मी डिल्लीराज पन्त र नेपाल साँस्कृतिक संघ कैलालीका पूर्व अध्यक्ष प्रभाकर भण्डारीलाई भाषा, कला, साहित्य र सँस्कृतिको क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काँर्ग्रेस महासमिती सदस्यहरु नारायण दत्त भट्ट र पदमराज भट्ट , पार्टी सचीव पूर्ण कुँवर, क्षेत्र नं. ५ का स्भापती दिनेशराज जोशी, नेपाली लेखक संघका अध्यक्ष गणेश नेपाली, तरुण दल सचिव प्रकाश जोशी, साँस्कृतिक कैलालीका क्षेत्रीय सभापतिहरु गोविन्द साउंद, सिद्धराज जोशी, तुलाराम देवकोटा लगायतले उद्घाट्न सत्रमा बोलेकाथिए।

बन्द्सत्रका प्रमुख अतिथी नेपाली लेखक संघ कैलालीका अध्यक्ष गणेश नेपालीले निर्बाचित सबैलाई टीका लगाई बधाई दिएका थिए। सुरत रावत ‘डोटेली कान्छा’को सभापतित्वमा संचालित कार्यक्रममा तोयनाथ भट्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममो सञ्चालन गोविन्द साउँदले गरेका थिए।

प्रतिक्रिया दिनुहोस