स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्विट्जरल्यान्डका नेपालीको सहयोगमा नुवाकोटमा विद्यालय


२ माघ २०७३, आइतबार


नुवाकोट (थानापती) । नेपाली समाज बसेल स्विट्जरल्यान्डले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ ।

हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्ड बसेलका नेपालीले पठाएको करिब १४ लाख ५७ हजार रुपैयामा सो विद्यालयको चारकोठे भवन निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको सो विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका शिक्षक हरिबहादुर श्रेष्ठले बताए । नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले विदेशमा बसे पनि स्वदेशमा आपत् परेका नेपालीलाई सहयोग गरौँ भन्ने भावनाले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणमा प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।

हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३०० अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको बताए ।

स्थानीय हरिप्रसाद सिलवालको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालयको जग्गा संरक्षण गर्न पर्खाल लगाउनुपर्ने तथा शैक्षिक गुणस्तर सुधार्न अझै सहयोगको खाँचो रहेको बताएका थिए । रासस

प्रतिक्रिया दिनुहोस