Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संशोधन असन्तुष्टको माग सम्बोधन गर्नः मन्त्री डा महत


२ माघ २०७३, आइतबार


वासिङ्टन डिसी । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले नेपालले राजनीतिक निकासका लागि अब एक वर्षभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्ने र त्यसपछि आर्थिक विकासमा केन्द्रित हुने बताएका छन् ।

जनसम्पर्क समिति, टेक्सास, अमेरिकाले सनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले विधिको शासन स्थापित गर्न नेपालले लामो समय व्यतित गरेको उल्लेख गर्दै अब असन्तुष्ट पक्षहरुलाई समेत समेट्ने गरी संविधान संशोधन गरेर निर्वाचनमा जाने तयारी गरेको बताए ।

डा. महतले भने – “नेपाली कांँग्रेसले संविधानमा केही संशोधन गरेर भए पनि अझै हाम्रो कुरा सुनिएनकी भन्ने गुनासो गर्नेहरुलाई समेत समेटेर सबैको सर्वस्वीकार्य संविधान बनाउन संशोधन ल्याइएको हो ।”

डा. महतले सडकमा नारा लगाएर राष्ट्रवादी हुन नसक्ने भन्दै छिमेकीहरुसँगको सम्बन्धको विषय कूटनीतिक टेबलमा बसेर छलफल गरेर भावी रणनीति बनाइनु नै देशको हितमा हुने बताए ।

महतले एक प्रसङ्गमा देशमा दक्ष जनशक्ति अभावका कारणले भूकम्पपछिको पुनःनिर्माणमा चुनौतीको सामना गर्नुपरेको बताए । उनले प्रवासमा रहेका नेपालीलाई देशको विकास निर्माणमा योगदान गर्न अपिल पनि गरे ।

कार्यक्रममा जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्टले समितिले भूकम्पपीडितका लागि उठेको ७३ हजार डलरमध्ये २९ हजार ५०० डलरको चेक मन्त्री महतलाई हस्तान्तरण गरे ।

समितिले यस अगाडि ४० हजार ५०० डलर भूकम्प गएलगत्तै र तीन हजार डलर छात्रवृत्तिका लागि प्रदान गरिसकेको छ । उक्त रकम नेपाली काँग्रेसको भूकम्पपीडित राहत कोषमा जम्मा गरिनेछ । साथै, रकम कुनै एक जिल्लामा विद्यालय बनाउन खर्च गरिने विष्टले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सम्बोधन गगरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस