१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोदावरीमा बाह्रराशी दर्शन मकर मेला

अ+ अ-

कैलाली । प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा मकर संक्रान्तिका अवसरमा गोदावरीमा बाह्रराशी दर्शन मकर मेला सुरु भएको छ । मेलाको कैलाली क्षेत्र नम्वर ६ का सांसद पुस्करनाथ ओझाले शुक्रवार उद्घाटन गर्नु भएको हो ।

मेलामा दर्शनार्थिको स्वागतका लागि गोदावरी क्षेत्रमा बाटो बरीपरीका रुख र ढुङ्गामा रगं लगाईएको छ भने उक्त क्षेत्र धोजापतकाले ब्यहुली जस्तै सिगारीएको छ । प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा माघ १ देखि १२ गते सम्म बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको हो ।

गोदावरी धाममा बाह्रराशीको स्थापना, प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन एवं पूजाको व्यवस्था, त्यहाँ स्थापना गरिएको कुम्भ बाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी दर्शन एवं पूजाको व्यवस्था गरिएको छ ।

त्यस्तै मेलामा लक्ष्यहवन तथा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरिएको मेलाका सयोजक पदमराज जोशी प्रभातले बताए । गोदावरी बाह्रराशी दर्शन मकर मेला गोदावरी धाम माघे सक्रान्ति नुहान आउने श्रद्धालु भक्तजनलाई बिहानै नदीमा नजान आग्रह गरेको छ । नदिमा ढुङ्गाहरु भएका कारण चिप्लेर दुर्घटना हुन सक्ने भएकाले राति ननुहाउन आग्रह गरिएको हो ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरिएको मेला संयोजक जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस