Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

साहित्यिक बजारमा बोधिचित्तको खेती


१ माघ २०७३, शनिबार


काठमाण्डौं । दुर्गाप्रसाद ग्वालटारेको लघुकथा सङ्ग्रह बोधिचित्तको खेती शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा लोकार्पण हुँदै छ । लघुकथा समाजको आयोजनामा सो पुस्तक लोकापर्ण हुन लागेको हो ।

पेसाले इन्जिनियर समेत रहेका ग्वालटारेको यो लघु कथा सङ्ग्रह दोस्रो कृति हो । उनको यसभन्दा पहिले २०७१ सालमा ‘सारै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह प्रकाशित भइसकेको छ ।

ग्वालटारेको यो लघुकथा सङ्ग्रहभित्र ८२ वटा कथाहरु समावेस गरिएका छन् । बिभिन्न परिवेशका घटनालाई समेटेर कथाहरु तयार परिएको कथाकार ग्वालटारेले बताएका छन् । उनले यस समाजमा देखेका र भोगेका घटनालाई कथाको माध्यमबाट बाहिर ल्याउन खोजिएको बताए । उनले भने– ‘मैले समाजका बिभिन्न तह र तप्कामा जे देखेँ, जे भोगे तिनै कुरा समावेस गरेको छु । त्यसैले आफ्ना समाजको यथार्थ चित्रण भेटिने कथाहरु सङ्ग्रहित भएकाले पाठले मन पराउने अपेक्षा लिएको छु ।’

सरल र सहज संरचनामा बिम्बात्मक र कवितात्मक स्वरुपले ओतप्रोत ग्वाल्टारेका लघुकथाहरुले सामाजिक मनोविज्ञानको प्रतिबिम्बलाई झल्काएको पाइन्छ ।

कविता सङ्ग्रह प्रकाशन गरेर एक कुसल कविको परिचय बनाई सकेका ग्वालटारेले गजल बिधामा पनि कलम चलाएका छन् । वि.सं. २०४९ र २०५९ मा गरी दुई पटक नेपाल सरकारबाट ‘शिक्षादिवस पदक’ पाइसकेका ग्वालटारेका मुक्तक, जगल, बालकवितार लघुकथा सङ्ग्रह प्रकाशोन्मुख रहेका छन् ।

प्रतिक्रिया दिनुहोस