Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कथा


१ माघ २०७३, शनिबार


त्यति बेला पनी अहिलेको साल जस्तै थियो चिसो पुसको महिनामा । हाप कट्टु लगाएरै भएपनी जान्थे स्कुल सम्म पढने निहुले, नगएर सुःख पो कहा“ पाईन्थ्यो ? आमा मकै भुटेर कोराको रुमालमा गाठो पारेर सुरकने झोलामा राखिदिनु हुन्थ्यो, मोजाको भकुन्डो पनी त्यसैमा राखिदिनु हुन्थ्यो । यदि मैले स्कुल जान मानिन भने बा“सको लठ्ठी प्रिय बनिदिन्थ्यो मेरालागी । बहुत माया पाएको थिए आमा र बा बाट । बा पनी माथिल्लो घरे का“ईला बाजेकोमा काम गर्नु हुन्थ्यो । बाले गरेको दुःखले जे जसरी भएपनी घर चलेकै थियो, मलाई कहिल्यै गरिब घरमा जन्मेको आभास भएन बच्पनमा । बा बुढो हुनुहुन्थ्यो । जोस जा“गर चा“ही एक्काइस बाईस जत्तीकै थियो, निमोनियाले बेला–बेला सताइ रहन्थ्यो, फुर्सदिला आफन्तहरुले सताए जसरी ।

सर्मिला बहुतै राम्री थिई, उसका बा आमालाई सानैमा माओबादिले मारिदिएका हुन्, भन्ने सुनेको थिए । आङ्खनै अंकलले आङ्खनो छोरी भन्दा कम गरेका थिएनन्, उसलार्ई । स्कुले जीवनमा सर्मिला पनी मेरो जस्तै गरेर गेडागुडी ल्याएर आउथिन । संगै बसेर खाईन्थ्यो । संगसंगै अरु साथिहरुलाई पनी बोलाई हाल्थ्यौ । कहिलेका“हि तेरो मेरो पनि हुन्थ्यो सर्मिलाको कारणले, किनकी उनलाई कसैले कर्के नजरले हेरको पनी मन पर्थेन मलाई, आफु भने मौका पारी पारी आ“खा मारी राख्थे । गा“उका चा“डबाड पनी साएद कहिल्यै छुटेका थिएनन् होला, दशै, तिहार, माघी आदि । सधै साथि संगीकै हासो खुसीमा बित्थ्यो दिन । झन माघी त हामी केटाकेटी का लागी सबैभन्दा ठुलो चा“ड थियो । हामी सबै मिलेर भैलो खेल्थ्यौ पुसमा । हाम्रोमा पुसमा पनी भैलो खेल्ने चलन थियो । भैलो खेलेर उठेको दाल चामलले पछिल्लो बिहान भात पकाएर खान्थ्यौ, हुलागी धारामा । भात मज्जाले पकाउने गर्थिन हाम्रै गाउका चेलीबेटी, नियम थियो भात ज–जस्ले खायो त्यसले माघीको लागी मुढा बोक्नै पर्ने, हुनत हामी सबै फुर्सदिला नै त थियौ ।

केनै काम हुन्थोर बच्पनमा मुढा पनी खातै लगाउथ्यौ । चौबिस पच्चीस सय करिब पुथ्थे होलान । पुसको चिसोमा पनी कम्ता दुःख गरिन्थेन उ बेला । महिना भरी तिस चालिस जनाले स्कुल छुटेबाट गरेको दुःख माघीको अघिल्लो रात (मुढाबाल्ने दिन) एकै छिनमा स्वा“हा हुन्थ्यो जम्मै मुढामा आगो सल्काएर । तैपनी त्यो आगो खुसीको आगो हुन्थ्यो, ठुुलै उत्सवको आगो हुन्थ्यो हाम्रा लागी । सम्झना ताजै छ त्यो बेलाको । सिर्फ बर्षमा एकचोटी आउने माघी काखमै च्यापी रहु“ जस्तो लाग्थ्यो । कतै गैजाला चा“डै जस्तो लाग्थ्यो । दन्कीयको आगोमा रापीदै हर्के दाईले घन्काउने मादलको ताल अहिलेका सहरका ईलेकट्रीक बाजा भन्दा कम हुन्थेन । सर्मिलाको एकल नाच अहिलेका सुपरहिट नाईका, डान्सरहरुको भन्दा कम हुन्थेन ।

आलै छन् ति रात, जिउदै छन् ति रहरिला कथाका पात्रहरु, समयको कठघरामा त सिर्फ म उभिएको छु म ।

Tags :
प्रतिक्रिया दिनुहोस