कविता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कविता


१ माघ २०७३, शनिबार


तप्प तप्प आँसुले भिजेको सिरानी
तातो बाफमा सेकाउन नपाउदै
निचोरीएर, थिचोरीएको मुटुलार्इ
समाल्न कति पटक खोजे
कालो अधेरी रातमा चमक दिने
केवल ताराहरु मात्र टिलपिलार्इ रहेका थिए ।
जुन अस्ताएर उज्यालो खोसिएको पत्तो नै भएन
त्यो रात र त्यो दिन
मेरो प्रिय कवि
ताते–ताते गर्दै बाबा भन्न खोज्दै थियो ।
तर उसको कोमल ओठहरुले
भन्न सकिरहेको थिएनन्
झ्याउकिरीको एक हिलले जब मेरो कानमा
उ रोएको आवाजलाई लयबद्द गरि भरीरहेका थिए ।
म त्यही आबाज बाट
उसको सपनाको खोजीको निम्ति
उ देखि टाढिने बाहाना खोजीरहेको थिए
मेरो प्रिय कवि
तिमीलाई यो विवश को विवशता के थाहा

डडेलोले खाए जसरी
ती हरिया पाखा पखेराहरु
जब कालीको रुप धारण गर्न थाल्छन्
त्यस्तै मेरो मन भित्र पनि
तिमी देखि टाढा हुनुको पीडाले
एक होरो डडेलो सल्किरहेको छ ।
बसन्त ॠतुमा जस्तै
हरियो देख्ने यी मेरा आँखाका परेलीहरु
किन आज
आँसुको थोपाबाट उम्किन मानिरहेका छैनन् ।
म उसै पनि
टुहुरोले थला परेर बिरित्तिएको यात्री हु
तिम्रो खुसीको निम्ति यी सबै थामिरहेको छु ।
जहाँ तिमी
मेरो खुसीको यो आगनमा
हासेर नाचेको देख्न चाहान्छु ।

प्रिय कवि
बुकि फुल्ने ती सुन्दर पाटनहरुमा
नाचिरहने कस्तुरी जस्तै
मलाई पनि खुसीमा तिम्रो आगमन ले
कति पटक नाच्न मन लाग्यो होला
सुखको आनन्दमा त बस्नै सकिन
जब तिमी मेरो काखमा नजिकिएर आयौ
यो खुसी पनि त मैले
कसैसँग साट्न सकिन
मेरो दुःख र सुखको भारी बिसाउने चौतारी
तिम्रो अनजान बाला पनको अनुहारमा देखिरहेको छु ।

प्रिय कवि
समुद्रको गहिराइमा
डुङ्गाहरु ओहोर दोहोर गरिरहेको जस्तै गरि
तिमी मेरो मनमा हर पल हर क्षेण
ओहोर दोहोर गरिरहेका छौ ।
मेरो सपनाको राजा तिमि
अब धेरै जान्ने भैसकेको छौ ।
तिमी ज्ञानि बनेर दुबो जस्तै गरि
मेरो मन मुटुमा सधै झेलिरहेका छौ ।
मेरो खोसी को आगनमा यसै गरि
सधै भरी खेलीरहेका छौ
मेरो प्रिय प्यारो कवि
खेलिरहेका छौ ।

Tags :
प्रतिक्रिया दिनुहोस