उजाड छन् बस्तीहरु मानव सहारा बिना
बाध्य छन् बाँच्न दुर्गम बस्ती आहारा बिना
देश बचाउँछु भन्दै हिड्थे ती साइँला दाइ पनि
फर्किएनन गाउँ नै स्तब्ध छ रे बिचरा बिना
सयौं लडे लडाए मरें स्वदेशकै निमित्त
भए कयौं टुहुरा, पुछियो सिंदुर प्यारा बिना
गरे लडाई आपसमा, पाउन अधिकार
खोसिए अधिकार, संविधानको धारा बिना
नयाँ, समृद्ध नेपाल भन्दै भाषण छाट्छन
छोड भाषण, बनाउँ देश फोस्रा नारा बिना