सीमांकनको विषयलाई लिएर बझाङको काडाँका वासिन्दा पुनःआन्दोलित « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

सीमांकनको विषयलाई लिएर बझाङको काडाँका वासिन्दा पुनःआन्दोलित


२९ पुस २०७३, शुक्रबार


बझाङ । सीमा प्रहरी चौकी घेर्न गएका बझाङको काँडाका वासिन्दा र प्रहरीवीच झपड हुँदा दुइ जना प्रहरी एक आन्दोलनकारी घाइते भएका छन् । झडपमा धौले बोहोरा घाइते भएका स्थानीय बसन्त बोहोराले जानकारी दिएका छन् ।

आन्दोलन चर्किदै गएपछि सदरमुकामबाट पठाएको प्रहरी टोली काँडा छिर्न सकेको छैन । आक्रोसित स्थानीयले काँडाको सीमा भित्र सरकारी कर्मचारी प्रवेश निषेध गरिएको भन्दै गनैको पुलदेखि घाटखोलासम्म र घाटखोलादेखि रामगोलासम्म वडावासी नाकामा बसेका छन् ।

छुट्टै गाउँपालिकाको माग गर्दै लामो समयदेखि आन्दोलनरत काँडाबासीले माग पुरा नगरेको भन्दै पुनः आन्दोलन चर्काएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस