Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र फर्कने सपना नदेख्न ओलीको आग्रह


२९ पुस २०७३, शुक्रबार


काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान बचाउन आफू प्रतिवद्ध रहेको बताएका छन् ।

एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको लघु उपन्यास ‘आमाको मन’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले देशको शिर झुक्न नदिन र राष्ट्रको स्वाभिमान बचाइ राख्न आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए ।

अध्यक्ष ओलीले भने– “मेरो ५२ वर्षे राजनीति देशको हितका लागि बित्यो, म जनतालाई अल्मल्याउने र जनताका बीचमा फाटो ल्याउने राजनीति पनि कहिल्यै गरिनँ ।” ढाँट, छल र जनता अल्मल्याउने राजनीति तथा जनता जगाउने राजनीतिलाई अलगअलग रुपमा बुझ्नुपर्ने उल्लेख गर्दै उनले कम्युनिष्ट उग्र नभई शिष्ट, संयमित र समर्पित हुनुपर्छ, त्यसैले आफू सही कम्युनिष्ट नेता भएको दाबी गरे ।

अर्को प्रसङ्गमा अध्यक्ष ओलीले पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्दै “जन्मसिद्ध श्रेष्ठताका आधारमा बनेको र विगतमा खराब इतिहास भएको राजतन्त्र चाहिन्छ भन्नु पाखण्ड हो भने।”रासस

प्रतिक्रिया दिनुहोस