तुलसीपुर । सभामुख ओनसरी घर्तीले अब मुलुक आर्थिक समृद्धितर्फ लाग्ने बताएकी छन् ।
दाङको विजौरी–६ स्थित असहाय बालविकास केन्द्र नेपालको कार्यालय भवन उद्घाटन गर्दै सभामुख घर्तीले अहिले राजनीतिक तहमा केही मत मतान्तर भए पनि नयाँ संविधान कार्यान्वयनसँगै मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताए ।
सभामुख घर्तीले संविधानको कार्यान्वयनसँगै राजनीतिक अन्यौलता पनि अन्त हुने र मुलुक आर्थिक समृद्धिको बाटोमा लाग्ने बताउँदै संविधानले आम नागरिकको जीवनयापनको अधिकार सुनिश्चित गरेकाले अब कोही पनि भोकभोकै मर्नु पर्ने अवस्था नआउने बताए । रासस