विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीवार पत्रकारसँग कुरा गर्दै उनले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा संशोधनको प्रस्ताव मौन रहेकाले सो प्रस्ताव अधुरो र अपुरो रहेको बताए ।
‘आठ प्रदेश बनाउने सम्बन्धमा विगतमा भएका सहमतिलाई प्रमुख तीन दलले तोडेको कारण’ले समस्या सिर्जना भएको बताउँदै उनले सीमाङ्कनको विषय राजनीतिक भएकाले दलहरूबीच सहमति आवश्यक रहेकामा जोड दिए । रासस