घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु « प्रशासन
Logo ३० आश्विन २०७८, शनिबार
   

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु


२८ पुस २०७३, बिहिबार


रुकुम । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ ।

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकि थिन ।

उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उनको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस