Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपाली कामदारको हकहितका लागि विशेष ध्यान दिने कतारका अमिरको प्रतिवद्धता


२८ पुस २०७३, बिहिबार


काठमाडौँ । कतारको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधवार कतारका अमिर, विदेश र श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भेटका क्रममा मन्त्री महतले कतारमा रहेका साढे तीन लाखभन्दा भन्दी बढी नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका बारेमा चासो राखेका छन् । मन्त्री महतले नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै यहाँ समस्यामा परेकाको सुविधाका लागि सुरक्षित आवास गृहको स्थापना गर्ने र मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने बिषयमा छलफल भएको उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए ।


मजदुरले पाउनुपर्ने सुविधा नपाई कानुनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने भएकोले श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्ने बिषयमा छलफल

नेपालमा एक पोलिटेक्निकल कलेज स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न र नेपालको पर्यटन, हाइड्रोपावर तथा टेलिकममा कतारले लगानी गर्ने विषयमा पनि छलफल भएको प्रेस संयोजक पाठकले बताए । भेटमा नेपालले आगामी चैतमा गर्न लागेको लगानी समिटमा कतारले एक अनुसन्धान टोली पठाउने र त्यसले नेपालका कुन कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भन्ने बारेमा दिएको सुझावका आधारमा कतारले नेपालमा लगानी गर्ने बारेमासमेत छलफल भएको थियो ।

छलफलका क्रममा कतारमा रहेका ठूलो संख्याका नेपालीको हकहित तथा उनीहरूले पाउनुपर्ने सुविधा र सुरक्षामा नेपालले राखेको चासोप्रति कतार अत्यन्तै सकारात्मक भएको बताइएको छ । अन्तर्राष्ट्रिय मापदण्ड तथा परिवर्तित सन्दर्भमा कतारको श्रम कानुनमा गरिएको सुधारलाई मन्त्री डा. महतले खुलेर स्वागत गर्नुभएको प्रेस संयोजक पाठकले बताए ।


कतारमा कार्यरत  नेपालीहरू परिश्रमी र इमान्दार छन् –अमिर 

भेटमा मन्त्री महतले कतारका अमिरलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरे । सो अवसरमा अमिर थानीले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको तथा नेपाली कामदारको हकहितका लागि कतारले सधै विशेष ध्यान पुर्याउने बताएका थिए ।

उनले कतारमा कार्यरत  नेपालीहरू परिश्रमी र इमान्दार रहेका भन्दै नेपालीको उच्च प्रशंसा गरेका थिए । त्यस अवसरमा मन्त्री महतले दक्ष जनशक्तिको रोजगारीमा नेपालीको कोटा बढाउन गर्नुभएको मागप्रति अमिर सकारात्मक भएका थिए । यसैगरी, बुधवारै यहाँका विदेशमन्त्री सेख मोहम्मद विन अवदुल्रमानसँग पनि दुई देशबीचको हितका बारेमा कुराकानी भएको थियो । भेटमा सम्बन्धको सुदृढिकरणका साथै अन्य आपसी फाइदाका बारेमा आगामी दिनमा उच्चस्तरीय भेटलाई थप अभिबृद्धि गर्ने बारेमा छलफल भएको थियो ।

त्यसैगरी कतारका श्रम मन्त्री डा. इस्सा विन साद अल जफालीसँग कतारमा रहेका नेपालीहरूको श्रमिकको हकहित र सेवा सुविधाका विभिन्न पक्षमा विस्तृत छलफल भएको थियो । भेटमा नेपालका दक्ष तथा अर्धदक्ष कामदाररको कोटा बढाउने, चौविस घन्टे विमा सुविधा लागू गराउने, सन् २००५ मा भएको श्रम सम्झौतामा आवश्यक परिमार्जन गर्ने, श्रमिकको विभिन्न समस्या तथा गुनासोको छिटोछ्रन्दा छिटो समाधानका लागि अलग्गै संयन्त्र बनाउने, सुरक्षित आवस गृहको व्यवस्था गर्ने, कतारको श्रम मन्त्रालय र नेपाली दूताबासबीच समन्वय र सहकार्य बढाउनेलगायतका विषयमासमेत छलफल भयो । यी सबै मुद्दामा कतार सरकार सकारात्मक रहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका थिए ।रासस

प्रतिक्रिया दिनुहोस