Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सङ्कटा सेमिफाइनलमा


२८ पुस २०७३, बिहिबार


धनगढी । सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधवार भएको अन्तिम क्वाटरफाइनलमा सङ्कटा क्लब काठमाडौँले विभागीय टोली नेपाली सेनालाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सङ्कटाको जितमा खेलको १६ औँ मिनेटमा सङ्कटाका मार्टिन एजीले पहिलो गोल गरेका थिए । त्यस्तै २५ औँ मिनेटमा पनि उनले नै दोस्रो गोल गर्दै सङ्कटालाई शुन्य बिरुद्ध दुईले अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले अगाडि रहेको सङ्कटालाई दोस्रो हाफको ६१ औं मिनेटमा सेनाका टङ्क बुढाथोकीले गोल गरे । यो संगै सेनाका टोलीलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा पुस २१ गतेदेखि भइरहेको प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल हुनेछ । बिहीबार हुने पहिलो सेमीफाइनलमा भारतको दिल्ली युनाइटेड र काठमाडौंको मनाङ मस्र्याङ्दी प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रबारको दोस्रो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम ११ र सङ्कटाबीच खेल हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस