Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलविद्युतमा ५७ करोड बढीको लगानी प्रतिबद्धता


२७ पुस २०७३, बुधबार


काठमाडौँ । ‘नेपालको पानी जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वान अनुसार मंगलवार साँझसम्म ५७ करोड ६४ लाख ९४ हजार ४८१ बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने भन्ने लक्ष्यका साथ अनलाइनमार्फत नागरिकको प्रतिबद्धता खोजेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माका अनुसार मंगलवार साँझसम्म नौ हजार १६५ जनाले लगानीको प्रतिबद्धता गरेका छन् ।

हालसम्म संस्थागत लगानीका लागि छ कम्पनीले लगानीको प्रतिबद्धता जनाएका छन् । त्यसमा संस्थागत लगानी रु दुई करोड ४६ लाख २५ हजार रहेको छ ।

ऊर्जा मन्त्रालयले सोमबार मात्रै एक वेबसाइट सार्वजनिक गर्दै सोहीमार्फत लगानीका लागि आग्रह गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस