केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायणको योगदान छः प्रधानमन्त्री « प्रशासन
prasaLogo
२७ पुष २०७३, बुधबार

केन्द्रीकृत राज्य बिस्तारमा पृथ्वीनारायणको योगदान छः प्रधानमन्त्री


प्रकाशित मिति : 11 January, 2017 7:24 am

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य बिस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको भएपनि त्यो सामन्ती र केन्द्रीकृत भएको बताएका छन् ।

चितवनको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को मंगलवार उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।

पृथ्वीनारायणले भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाए, उसको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुन्छ । पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

प्रधानमन्त्रीले भने, ‘मैले केही दिन पहिल्यै मात्रै स्थानीय तह पूनर्संरचनाको रिपोर्ट बुझेको छु । चितवन अब महानगरपालिका बन्दैछ । हामी सबै महानगरपालिकाका बासिन्दा हुँदैछौं ।

मैले प्रतिवेदन बुझिसकेको छु, अब कार्यान्वयनको प्रक्रियातिर अघि बढिसकेको छ ।

प्रतिक्रिया दिनुहोस