Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शिक्षणसंगै साँस्कृतिक संरक्षण अभियानमा धामी


२६ पुस २०७३, मंगलबार


कैलाली । सुदूरपश्चिमको लोक संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारका लागि लामोे समयदेखि निरन्तर लागि पर्ने एक शसक्त साधकको नाम हो पदम बहादुर धामी । सुदूरको लोक संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म चिनाउनका लागि उनको योगदान अतुलनिय रहेको छ । चाहे जिल्लामा गरिने सम्पूर्ण कार्यक्रमदेखि राष्ट्रियस्तरका साँस्कृतिक संस्थानहरूका कार्यक्रममा होस, चाहे भारतका बिभिन्न भू–भागमा काम गर्ने नेपालीले गर्ने कार्यक्रममा होस् उनले हुड्केली, घोडेनाँच, होलीनाँच र पुतलानाँच लगायतका साँस्कृतिक नृत्य पस्कने गरेका छन् ।

राष्ट्रियस्तरका साँस्कृतिक संस्थानहरूका कार्यक्रममा होस, चाहे भारतका बिभिन्न भू–भागमा काम गर्ने नेपालीले गर्ने कार्यक्रममा होस् उनले हुड्केली, घोडेनाँच, होलीनाँच र पुतलानाँच लगायतका साँस्कृतिक नृत्य पस्कने गरेका छन् ।

जिल्लामा हुने अधिकांश कार्यक्रमहरूमा धामीलाई नै साँस्कृतिक कार्यक्रमको जिम्मेवारी दिइन्छ । उनी पनि साँस्कृतिक कार्यक्रम भनेपछि हुरूक्कै हुन्छन् । एक दर्जन भन्दा बढी गीतको शब्द तथा लय संकलन गरिसकेका धामीले अप्रकाशित रूपमा दर्जन भन्दा बढी सुदूरको संस्कृतिका बारेमा पाण्डुलिपी पनि तयार पारेका छन् । पेशाले शिक्षक भएतापनि शिक्षणबाट बचेको बाँकी समय सुदूरको कला संस्कृति र कलाकारका हक र हितका निमित्त खर्चिने गरेका छन् । पहिलो चरणमा अछामको मंगलसेनमा साँस्कृतिक संग्राहलय निर्माणका लागि आफ्नै नेतृत्वमा सहयोग जुटाइरहेका छन् । त्यसपछि अन्य जिल्लामा साँस्कृतिक संग्राहलय निर्माणका लागि पहल गर्ने धामीले बताए । अछाम जिल्लाका अधिकांश कलाकारका अभिभावकका रूपमा रहेका धामी कुनै पनि कलाकारलाई सारो गाह्रो पर्दा ऋण सापट गरेर भएपनि सहयोग गर्न पछि पर्दैनन् ।

अछामको मंगलसेन नगरपालिका वडा नम्वर ४ मा पिता कम्मान सिंह धामी र माता चन्द्रादेवी धामीका कोखबाट वि.सं. २०२४ बैशाख १५ गते जन्मिएका हुन्संस्कृतिकर्मी धामी । उनले मैना मोरेली लोक डेउडा, राता रिबन डेउडा, धन्य रामारोशन ताल लोक डेउडा, विकासमा पछि पर्यो सुदुरपश्चिम डेउडा, कैलाशको सिरान लोक गीत, घर त मेरो अछाम जिल्ला हो लोक डेउडा, क्या राम्रा कर्णाली पुल लोक डेउडा, खप्तड घटना २०५३ डेउडा, स्वर्गको काखमा सेता हिमाल लोक गीत लगायत दर्जनौ गीतहरूको रचना गरिसकेका छन् । औपचारिक रूपमा साँस्कृतिक संस्थाको नेतृत्व वि.सं. २०६२ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा, अछामको तदर्थ समिति अध्यक्ष भएतापनि अनौपचारिक रूपमा उनले साँस्कृतिक कार्यक्रमहरूको नेतृत्व बेलावेलामा लिने गरेका थिए ।

औपचारिक रूपमा साँस्कृतिक संस्थाको नेतृत्व वि.सं. २०६२ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा, अछामको तदर्थ समिति अध्यक्ष भएतापनि अनौपचारिक रूपमा उनले साँस्कृतिक कार्यक्रमहरूको नेतृत्व बेलावेलामा लिने गरेका थिए ।

वि.सं. २०६२ सालको प्रथम अधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्वाचित भएका धामी वि.सं. २०७२ सालसम्म अछाम जिल्ला अध्यक्ष रहे । वि.सं. २०७२ सालदेखि प्रतिष्ठानकै अञ्चल अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । त्यस्तै धर्मेश्वर विकास समाज अछाम तदर्थ समिति अध्यक्ष वि.सं. २०६६ सालमा त्यसपछि प्रथम निर्वाचित अध्यक्ष वि.सं. २०६६ देखि वि.सं. २०७० सम्म, दोस्रो कार्यसमिति अध्यक्ष २०७० देखि हालसम्म, नेपाल स्काउट जिल्ला कार्यसमिति, अछाम, जिल्ला समन्वय आयुक्त वि.सं. २०६४ साल देखि वि.सं. २०६८ साल सम्म जिल्ला आयुक्तः वि.सं. २०६८ साल देखि हाल सम्म, पतंञ्जली योग जिल्ला समिति, अछाम महामन्त्री वि.सं. २०६७ देखि हाल सम्म रहेका छन् । त्यस्तै धामीले नेपाल स्काउट सुदूरपश्चिम क्याम्पोरी स्मारिका सहसम्पादक, हाम्रो संस्कृति र परम्परा भिडियो भाग १ र २, अपुरा झल्का अडियो, मेरी मैना चडी अडियो, होली डेउडाहरु २०७३ को सम्पादन गर्नुका साथै थुप्रै रचनाहरु प्रकाशित गरेका छन् । उनी नेपाल रेडक्रस सोसाईटी आजीवन सदस्य, धर्मेश्वर विकास समाज अछाम आजीवन सदस्य, जनसेवा युवा समाज आजीवन सदस्य, राधा मावि मंगलसेन आजीवन सदस्यलगायतका संस्थाहरुमा आबद्ध छन् ।
सुदूरपश्चिमको लोक संस्कृति र सामाजिक क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै विभिन्न संघ संस्थाहरूले उनलाई सम्मान पनि गरेका छन् । धामी नेपाल स्काउट जिल्ला स्काउट कार्यालय अछाम २०६२, जिल्ला शिक्षा कार्यालय अछाम २०६१, राधा मा.वि. वोगटी गाउँ २०४९, नेपाल राष्ट्र बैक अनुसन्धान विभाग २०७२ बाट सम्मानित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस