Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आश्वासन लिएर फर्किए मृतकका परिवार


२६ पुस २०७३, मंगलबार


भीमदत्तनगर । गत बुधबार भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर मृत्यु भएका चारजना नेपालीका परिवार राहत पाउने आश्वासन लिएर भारतबाट घर फर्किएका छन् ।

हिमाञ्चलको सिमला जिल्ला तहशिल रामपुर भन्नेस्थानमा बाटो खन्ने क्रममा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दिपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बमको मृत्युपछि त्यहाँ पुगेका मृतकका आफन्तलाई हिमाञ्चल प्रदेश सरकारले प्रतिव्यक्ति तीनलाख ९० हजार भारतीय रुपैयाँ दिने आश्वासन दिएको छ ।

“पीडाका बीच हामी चारजनाको हरिद्वारमा दाहसंस्कार गरेर घर फर्किएका छौँ”, मृतक लोकेन्द्र विष्टका बुबा महेन्द्र विष्टले भने “काजक्रिया सकिएपछि पुनः सिमला गएर क्षतिपूर्तिका लागि पहल गर्छौं ।”

सरकारी बाटो खन्ने काम भएकाले प्रदेश सरकारले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने प्रावधान रहेको बताइएको छ । “चारजना ठेकेदार कम्पनीमार्फत सडकमा काम गरिरहेका थिए,” महेन्द्र विष्टले भने– “हिमाञ्चल प्रदेश सरकारले पनि नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रसहित क्षतिपूर्तिका लागि प्रक्रियागत ढङ्गबाट आउन भनेको छ ।”

उहाँले ठेकेदार कम्पनीले पनि केही राहत दिने आश्वासन दिएको मृतकका आफन्तले बताएका छन् । “काजक्रिया सकेर त्यहाँ गएर प्रक्रियाअघि बढाउने सोचमा छौँ ।” विष्टले भने । दाहसंस्कार गरी आइतबार मृतकका परिवार नेपाल फर्किएर काजक्रिया गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस