Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पत्रकार बोहरालाई मरणोपरान्त ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’


२६ पुस २०७३, मंगलबार


काठमाडौं । यस वर्षको ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’ मरणोपरान्त कञ्चनपुरका पत्रकार कर्ण बोहरालाई प्रदान गरेको छ ।

शुक्लाफाँटा एफएमद्वारा स्थापित उक्त पुरस्कारको राशी ११ हजार एक सय ११ रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीमा सञ्चालित उक्त एफएमले पत्रकारिता क्षेत्रमा आफ्नो अमूल्य योगदान दिएको भन्दै आफ्नो १० औँ वार्षिकोत्सवमा स्वर्गीय बोहरालाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको उपचार गराइरहनुभएकी स्व बोहोराकी श्रीमती ममतालाई सोमवार अस्पतालमै भेटेर सो पुरस्कार प्रदान गरिएको शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर विष्णु अवस्थीले जानकारी दिए ।

एफएमका अध्यक्ष यज्ञराज चटौत र स्टेशन म्यानेजर अवस्थीले संयुक्तरुपमा उनलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । पत्रकार बोहराको गत मङ्सिर १० गते काठमाडौँको भेनस अस्पतालमा निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस