Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अभियुक्त पक्राउ गर्न प्रहरीद्वारा गोली प्रहार


२५ पुस २०७३, सोमबार


पर्सा । हत्याको अभियोगमा फरार रहेका एक अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले आइतवार बेलका छ राउन्ड गोली चलाएको छ ।

बाराको गढीमाई नगरपालिका–८ निवासी २८ वर्षीय वृजकिशोर गिरीलाई नियन्त्रणमा लिने क्रममा पर्सा प्रहरीले गोली चलाउनुपरेको हो ।

दुई बालकको हत्याको अभियोगमा फरार रहेका गिरीलाई पर्साको विजबनिया गाविसको गढइया टोलबाट प्रहरीले नियन्त्रणमा लिन खोज्दा गिरीलाई भगाउन स्थानीयले प्रहरीमाथि आक्रमण गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट छ राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले विजबनियाको गढइया टोल निवासी अजय गिरीको घरमा वृजकिशोर लुकी बसेको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले छापामारी उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेकोे बताउनुभयो ।

प्रहरीले चलाएको एक गोली अभियुक्त वृजकिशोर गिरीको बायाँ खुट्टामा लागेको प्रवक्ता जोशीले जानकारी दिनुभयो । प्रहरीले प्रहार गरेको गोली लागी घाइते भएका गिरीको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस