Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिमपातले जनजीवन कष्टकर


२४ पुस २०७३, आइतबार


दार्चूला । दार्चूला लगायत सुदूरपश्चिमका हिमाली जिल्लाका उच्च भेगमा हिमपात सुरु भए पछि त्यस क्षेत्रको जनजीवन कष्टकर भउको छ । दार्चुलामा एक हप्तापछि दोस्रो पटक हिमपात भएकोे छ ।

पहिलो पटक गत आइतबार जिल्लाका उच्च भेगहरुमा हिमपात भएको थियो । दोस्रो पटक शनिबार बिहानैबाट मौसममा बदली भएको र लेकाली भागहरुका हिमपात सुरु भएको प्रहरीले जनाएको छ । गत सातादेखि मौसममा एक दिन सुधार र दोस्रो दिन खराबी हुँदा चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर भएको छ ।

अहिलेसम्म जिल्लाका उच्च भेगहरुमा बाक्लो हिमपात नभए पनि मौसममा बदलीका कारण चिसो दिन प्रतिदिन बढ्दै गएको स्थानीयले बताएका छन् । जिल्लाका घुसा, खण्डेश्वरी, राप्ला, सितोला, गुल्जर, सुन्सेरा, इयरकोट लगायतका दर्जन बढी गाविसका विभिन्न बस्तीहरुमा हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस