बझाङको मष्टा गाविसका पशु चौपाय खोरेत रोगका कारण मर्न थालेपछि किसान चिन्तामा परेका छन् । खोरेत रोगका कारण अहिलेसम्म सात वटा पशु चौपाय मरेको स्थानीय बासिन्दाले बताएका छन् ।
पहिले मुखबाट ¥याल आउने र त्यसपछि केही नखाने, खुट्टा टेक्न नसक्ने लगायतका लक्षण पशु चौपायमा देखा पर्ने गरेको छ । यस्तो लक्षण देखिएको केही समयपछि पशु चौपाय मर्ने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।