गजल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गजल


२३ पुस २०७३, शनिबार


न मर्नु न बाच्नु खै के जिन्दगी
न रुनु न हास्नु खै के जिन्दगी

हासो खुशी लुकाएर रहरहरु यहाँ
अर्कैलाइ साच्नु खै के जिन्दगी

दुइटा आत्मा एउटै बनाइ जस्ले
मायाप्रीती गास्नु खै के जिन्दगी

पिरै पिरमाआँसु सबै रित्याएर
जीवन नै नास्नु खै के जिन्दगी

लुछाचुणी मेरो भनी सबै थोक यहाँ
तस्बीर नै टास्नु खै के जिन्दगी

Tags :
प्रतिक्रिया दिनुहोस