Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पश्चिम तराईमा चिसोले जनजीवन कष्टकर


२२ पुस २०७३, शुक्रबार


कैलाली । केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । पश्चिम तराईका कैलाली कञ्चनपुरलगायत जिल्लामा एकाएक शीतलहर परेपछि जाडो बढेको हो ।

केही दिनअघि साँझ र बिहानमा मात्रै केही चिसो हुने गरे पनि बुधबारदेखि चिसो ह्वात्तै बढेको छ । चिसो बढेपछि बाक्ला कपडा बेच्नेहरूको व्यापार भने बढेको छ । चिसोका कारण मुक्तकमैया र सुकुम्बासी बस्ती बढी प्रभावित भएको छ ।

कैलालीको धनगढी उप–महानगरपालिका वडा नंम्बर ३ पूरानो एयरपोर्ट मिलनपुर शिविरका पूर्वमुक्तकमैया बस्ती झनै प्रभावित भएको छ । यो वस्तीकावृद्धवृद्धा र बालबालिकामा निमोनिया हुने त्रास फैलिएको उनीहरु बताउछन् ।

बाक्लो हुस्सुका कारण सवारी आवागमनमा बाधा पुगेको छ । बाक्लो हुस्सुले ‘भिजिबिलिटी’ निकै कम भएपछि सवारीसाधन चलाउनसमेत मुस्किल भएको सवारीचालक बताउँछन् ।

चिसो बढेसँगै रुघाखोकी, ज्वरो तथा निमोनियाका बिरामी बढेको धनगढी स्थित सेती अञ्चल अस्पतालले जनाएको छ । अस्पतालले बिरामीको चाप बढ्न थालेपछि न्यानो कपडा लगाउन पानी उमालेर खान र चिसोबाट जोगिन चिकित्सकले सल्लाह दिएका छन् ।

चिसोका कारण अस्पतालमा दैनिक सय देखि १ सय २० जनाभन्दा बढी उपचारमा आउने गरेको अस्पतालका आकस्मीक कक्षका इन्चार्ज कृष्ण बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस