सुख्खा पहिराले बस्ति जोखिममा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुख्खा पहिराले बस्ति जोखिममा


२२ पुस २०७३, शुक्रबार


अछाम । अछामको सुतार गाविसमा सुख्खा पहिरो जान थालेपछि १ सय १० परिवार पहिरोको जोखिममा परेका छन् । सुतार–४ को धम्बा र तिरेखोलाको बिचमा निरन्तर पहिरो गएकाले गाविसको २, ४, ५ र ७ वडाका एक सय १० परिवार विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

त्यसमध्ये ३१ परिवार पहिरोको उच्च जोखिममा रहेका प्रमुख जिल्ला अधिकारी कौशलराज शर्मा तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्ला दैविक प्रकोप उद्धार समितिले ३१ परिवारलाई तत्काल सुरक्षित ठाउँमा सार्नु पर्ने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

जिल्ला दैविक प्रकोप उद्धार समिति अछामबाट स्वीकृत भएको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना बमोजिमका विभिन्न कलस्टर कार्यलयले आ–आफ्नो कलस्टर बमोजिमका कार्य छिटो भन्दा छिटो सुरुवात गर्ने, पहिरो रोकथामका लागि तत्काल पहिरो आसपासका बस्तीलाई नजिकको सुरक्षिता ठाउँमा अस्थायी शिविर बनाउने र रेडक्रस सोसाइटीले दिने राहात सामग्री जिल्ला विकास समितिमार्फत पहिरो प्रभावित परिवारलाई वितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस