‘दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता’


२१ पुस २०७३, बिहिबार


 
काठमाडौँ । नेपाली भाषासाहित्यको प्रयोग र विकासमा विशिष्ट योगदान पु¥याउनु भएका साहित्यकार कमलमणि दीक्षितको स्मृतिमा आज यहाँ शोकसभा आयोजना गरियो ।

मध्यबानेश्वरस्थित रत्न पुस्तकालयले आयोजना गरेको उक्त सभामा उहाँको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्दै श्रद्धाञ्जलि अर्पण गरियो । अभिभावकले आफूलाई खाजाका लागि दिएको पैसाले किताब किनेर नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका दीक्षितले मदन पुस्तकालय र मदन पुरस्कार गुठी स्थापना गर्नुभएको थियो ।

शोकसभामा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउनुहुने दीक्षितमा युगको प्रतिनिधित्व गर्दै सटिक लेखन क्षमता रहेको बताउनुभयो । प्रा. डा. कुमार कोइरालाले ५० भन्दा बढी पुस्तकका सर्जक दीक्षितले नेपाली भाषासाहित्यका अतिरिक्त शैक्षिक उन्नयनमा पनि ठूलो योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।

आयोजक संस्था पुस्तकालयका अध्यक्ष शशिविक्रम राणा, डा. केदार न्यौपाने, मनमोहन भट्टराई, भीमशङ्कर भण्डारी, डा. मधुसूदन लामिछाने, मुकुन्दराज सत्याल लगायत साहित्यकार र समालोचकले दीक्षितको निधनबाट नेपाली भाषासाहित्यका लागि अपूरणीय क्षति पुगेको छ भन्नुभयो । साहित्यकार दीक्षितको एक साताअघि निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस