सङ्क्रान्ति बजारमा मालपोत कार्यालय सेवा « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

सङ्क्रान्ति बजारमा मालपोत कार्यालय सेवा


२१ पुस २०७३, बिहिबार


तेह्रथुम । पूर्वी आठराई क्षेत्रका नौ गाविसलाई लक्ष्य गर्दै सङ्क्रान्ति बजारबाट मालपोल कार्यालयले बुधबार सेवा सञ्चालन गरेकोे छ ।

प्रजिअ मनुका न्यौपानेले कार्यालय उद्घाटन गर्दै कर्मचारीलाई अनुशासित र मर्यादित भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । कार्यालय प्रमुख विजय इङनामले कार्यालय सञ्चालनमा सबै सरोकार भएका निकायलाई आवश्यक सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यालय सञ्चालनमा आएपछि वर्षौंदेखि सेवा लिन १२ कोस टाढा सदरमुकाम म्याङलुङ धाउनुपर्ने आठराईवासीको बाध्यता अब हटेको छ । कार्यालयबाट आठराई क्षेत्रका ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ, सङ्क्रान्तिबजार, खाम्लालुङ, सम्दु र इसिबु गाविसवासीले मालपोतसँग सम्बन्धित सेवा पाउने भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस