Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अतिक्रमणको चमेटामा बन


२१ पुस २०७३, बिहिबार


कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको नवदुर्गा सामुदायिक वन अतिक्रमण गरी झोपडी निर्माण गर्ने क्रम बढेको छ । सामुदायिक वनको पाँच हेक्टर बढी जग्गा अतिक्रमण गरी एक साताको अवधिमा झन्डै ३०० बढी अवैधरुपमा झोपडी निर्माण गरी बस्ती बस्ने क्रम जारी रहेको छ ।

सामुदायिक वनका पदाधिकारीका अनुसार एक साता अघिदेखि वन क्षेत्रको जग्गामा भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र मुक्त हलियाको नाममा वन अतिक्रमण गरिएको छ । अझै वनमा झोपडी बनाई बस्ने क्रम जारी रहेको छ ।

वन अतिक्रमण गरी बस्नेमा कञ्चनपुरसहित कैलाली, डडेल्धुरा, बैतडी, बझाङ, अछाम बाजुरा र मुगु जिल्लाका बासिन्दा रहेका छन् । जग्गा माफियाको निर्देशनमा वन अतिक्रमणको चपेटामा परेको बताइएको छ ।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले वन अतिक्रमण गरेर बस्दै आएका परिवारलाई पटकपटक गरी तीन पटकसम्म हटाए पनि पुनः आएर वनमा बस्ने गरेको बताउनुभयो । उहाँले वनको जग्गा अतिक्रमण गरी बस्नेको लगत लिनका लागि कर्मचारीलाई खटाएको र लगत आएपछि तत्काल वन क्षेत्रको अतिक्रमण हटाउँने बताउनुभयो ।

अतिक्रमण हटाउनका लागि प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको र अतिक्रमणबाट वनको जैविक विविधतामा खलल पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस