बस पुग्दा स्थानिय खुशी « प्रशासन
prasaLogo
२१ पुष २०७३, बिहीबार

बस पुग्दा स्थानिय खुशी


प्रकाशित मिति : 5 January, 2017 7:27 am

बझाङ । बझाङको छान्ना क्षेत्रमा पहिलो पटक बस पुग्दा स्थानिय खुशी भएका छन् । बस पुगेपछि छान्नाबासिले बाजागाजा सहित भव्य रुपमा स्वागत गरेका छन् ।

सुदूपश्चिम यातायातका ना ५ ख १०७७ र ना ५ ख ४२२ नं। का बस तमैलबाट छान्ना क्षेत्रको गड राय गाविस पुगेको हो । बस सेवाले त्यस क्षेत्रका पाटादेवल, गडराय, माझिगाँऊ, कालुखेती, पौवा गडि लामा तोला गाविससका नागरिकलाई राहत पुग्ने छ ।

अबदेखि छान्नाबाट धनगढी, अत्तरिया, महेन्द्रनगर, डडेल्धुरा लगायतका तराई रुटमा नियमित बस छुटने सुदूरपश्चिम बस व्यवसायी जनक दौल्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस