चन्दननाथ मन्दिरका ११ मुर्ति फेला परे « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चन्दननाथ मन्दिरका ११ मुर्ति फेला परे


प्रशासन विशेष ब्युरो

१९ पुस २०७३, मंगलबार


काठमाडौं । गत मंसिर १० गते मध्यराती चोरी भएका चन्दननाथ मन्दिरका मुर्तिहरु फेला परेका छन् ।

रहस्यमय ढंगले चोरी भएका करीब २ दर्जन बढी मुर्तिहरु मध्ये ११ वटा मुर्तिहरु बेपालगाउँ गाबिसस्थित वार्ड नं २ स्थित डुंदी खोलाको किनारमा कुलोमुनि लुकाएर राखेको अवस्थामा फेला परेको प्रमुख जिल्ला अधिकारी रुद्ध प्रसाद पण्डितले बताएका छन् ।

फेला परेका मुर्तिहरुका बारेमा अहिले प्रहरीले मुचुल्का उठाईरहेको र घटनास्थलपुगे पछि कुन कुन मुर्ति फेला परे भन्ने बारे एकिन हुने प्रजिअ पण्डितले जानकारी गराए ।

करीब डेढ महिनाको तिव्र खोजपडतालपछि जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिर परिसरका चोरिएका मुर्ती भेटिएको घटना स्थानीयका लागि आफैमा सुखद खबर हो । तर यो नेपालको धार्मिक महत्वका मठ मन्दिर र मूर्तीहरुका शैतानका आखाँ कत्ति गहिरोसंग गढेका छन् भन्ने तथ्योद्घाटन गर्ने ऐना पनि हो ।

केन्द्रीय प्रहरी ब्यूरो सिआईवीको विशेष टोली र तालिम प्राप्त कुकुर भुन्टी समेतको परिचालनदेखि त्यस क्षेत्रको पुरै सरकारी संयन्त्रको अविरल अनुसन्धानबाट मुर्ती फेला पार्न प्रहरी सफल भएको छ ।

जुम्लाको चन्दननाथ मन्दिरबाट हराएका केही मूर्तिहरु ढिलै भए पनि भेटिएपछि प्रहरीको सफल अनुसन्धानको पाटो उजागर भएको छ । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति चाृरिएका मूर्तिहरु भेटिनु तत् क्षेत्रका स्थानीयका लागि त ठूलो विजय र खुसी नै हो ।
हराएका मूर्तिहरुमध्ये ११ वटा फेला परेको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले दिएको जानकारीले अरु बाँकी मूर्तीहरु पनि भेटिन सक्ने आशा थपेको छ । स्थानीय महिलाले खेत र खोलामा मूर्ति देखेपछि प्रहरीसम्म खबर र्पुयाइएको र मूर्तिलाई सदरमुकाम ल्याउने तयारी भइरहेबाट मूर्तिको पखाईमा चन्दननाथ मन्दिर अगाडि भक्तजनहरुको घुइँचो बढ्नु नयाँ सुखद संयोग हो ।

नेपालको प्रहरीले ढिलै भए पनि त्यो घटनाको सत्यतथ्य पत्ता लगाउन सकेको देखिन्छ । तर प्रहरीलाई पनि स्थानीयले मूर्ती भेटिएको सूचना दिएको भनी आएका विवरणले भने मूर्ती चोरीमा संलग्न गिरोहसम्म प्रहरी पुग्न नसकेको पनि संगसंगै उदघाटित भएको सत्य हो । प्रहरीले मूर्तीचोर समातेको छैन भने मूर्ती भेटिएको छ स्थानीयको सूचनाका आधारमा ।

अब प्रश्न उठछ, चोरिएका मूर्ती भेटिदै जाने तर प्रहरीले मूर्ति चोर भने समात्न नसक्ने यो कस्तो रहस्य हो त ? भौगोलिक बिकटताका कारण मूर्तीहरु डाँडा कटाएर लैजान चोरले नसकेको त सार्वजनिक घटनाक्रमले सिद्ध गर्छन् । तर के त्यो प्रहरी प्रशासनको पहुच वा प्रभावका कारण मात्रै संभव भएको हो त ? प्रश्नहरु अझै अनुत्तरित नै छन स्थानीयका जनमनमा ।

मूर्ती चोरीले पाएको देशव्यापी महत्व र तिव्र अनुसन्धानका कारण चोरलाई निकै दवाव परेको त हुनसक्छ । त्यसैले मूर्ती गायव गर्न वा अन्तै सेटल गर्न नसकेपछि चोरी गर्ने गिरोहले वेवारिस अवस्थामा मूर्तीहरु फालिदिने शैली अपनाएको हो भने त्यो प्रहरीका लागि थप चुनौति हो ।

प्रतिक्रिया दिनुहोस