Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हेटौँडामा पर्ने राजमार्ग विस्तार तीव्र


१९ पुस २०७३, मंगलबार


हेटौँडा । सडक डिभिजन कार्यालय मकवानपुरले राजमार्गको दायाँबायाँ २५ मिटरभित्र पर्ने संरचना भत्काउने क्रममा हेटौँडा अस्पतालका २० वटा व्यावसायिक सटर भत्काएको छ ।

हेटौँडा क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गको दायाँबायाँ २५ मिटर सीमा क्षेत्रभित्रमा परेका सरकारी संरचना भत्काउने क्रममा एस्काभेटर र लोडरले व्यावसायिक सटर भत्काएको हो ।

अरु व्यक्तिका घरभन्दा सस्तोमा भाडामा दिइएका सटर भत्काएसँगै यहाँका २० वटा सटरका औषधि व्यवसायी, होटल सञ्चालक, किराना पसल सञ्चालक अन्यत्र सरेका छन् ।

यसअघि शनिबार डिभिजन सडक कार्यालय हेटौँडाले सडक सीमा मिचेर बनाइएका सरकारी संरचनामा जिल्ला प्रहरी कार्यालय, सडक कार्यालयको हेभी इकुपमेन्ट, जिल्ला हुलाक कार्यालय, नेपाल टेलिकम, हेटौँडा अस्पतालको गेट, जिल्ला पशुसेवा कार्यालयको गेट, वनविज्ञान अध्ययन संस्थानको पर्खाल तथा नेपाल ट्रष्टको गेट समेत भत्काइएको छ । सोमबार पनि कामलाई निरन्तरता दिइएको सडक डिभिजन कार्यालय हेटौँडाले जनाएको छ ।

क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका क्षेत्रीय प्रशासक विनोद केसीको निर्देशनमा सडक सीमाभित्र वर्षौँ अघि बनेका संरचना भत्काउन सुरु गरिएको हो । सडक सीमामा बनाइएका सरकारी संरचना भत्काएपछि निजी व्यक्तिका घर पनि भत्काउन सुरु गरिने मध्यमाञ्चल क्षेत्रीय प्रशासक केसीले बताउनुभयो ।

सरकारी संरचना भत्काउँदा भत्काउँदै निजी क्षेत्रका सडक सीमा क्षेत्रका संरचना भत्काउनका लागि सूचना जारी गर्ने र त्यहीअनुसार भत्काउने तयारी भएको केसीले बताउनुभयो ।

त्यसैगरी, वनविज्ञान अध्ययन संस्थान हेटौँडाले पनि आफ्नो सडक सीमामा बनाइएको कम्पाउन्ड वाल भत्काइएकोे जनाएको छ ।

सडक सीमा क्षेत्रको काम निरन्तर जारी रहने डिभिजन सडक कार्यालय हेटौँडाका प्रमुख कमलेशकुमार कर्णले बताउनुभयो । हेभी इक्युपमेन्ट, हेटौँडा अस्पताल र जिल्ला प्रहरी कार्यालय मकवानपुरको कम्पाउन्ड वाल भत्काइएको डिभिजन सडक कार्यालय मकवानपुरका सूचना अधिकारी जयराम अधिकारीले बताउनुभयो ।

निजी क्षेत्रका संरचना भत्काउनका लागि अवरोध खडा भएपछि अर्को सूचना जारी गरेर त्यही अनुसार भत्काउने तयारी भएको केसीले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ मकवानपुरका केही पदाधिकारीले विरोध गरेको भएता पनि समग्रमा राजमार्गको दायाँबायाँ २५ मिटरभित्र पर्ने संरचना हटाई सडक विस्तार गर्दा हेटौँडाको मुहार फेरिने भन्दै धेरैले यस कार्यको स्वागत गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस