ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने


१९ पुस २०७३, मंगलबार


काठमाडौं । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ ।

बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा विद्यार्थीको तथ्याङ्क सार्ने कार्य भइरहेको छ । अनलाइनबाट फाराम भर्ने भएपछि विद्यार्थीले एकै पटक केन्द्रीय कार्यालयमा आई ट्रान्सक्रिप्ट लिन पाउनेछन् ।

“हामी एक महिनाभित्रमा तथ्याङ्क सार्ने काम सक्छौं”, उहाँले भन्नुभयोे, “त्यसपछि हामीले विद्यार्थीलाई सजिलो होस् भनेर अनलाइनमार्फत ट्रान्सक्रिप्टका लागि फाराम सञ्चालनमा ल्याउँछौँ ।” अनलाइनमार्फत फाराम भरेपछि एक हप्ताभित्र केन्द्रीय कार्यालयबाट विद्यार्थीले ट्रान्सक्रिप्ट पाउनेछन् । रासस

प्रतिक्रिया दिनुहोस