आन्दोलनलाई मर्यादित बनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आन्दोलनलाई मर्यादित बनाउन मातहतका कमिटीलाई एमालेको निर्देशन


प्रशासन विशेष ब्युरो

१९ पुस २०७३, मंगलबार


काठमाडौँ । नेकपा एमालेले आफूसहित नौ विपक्षी राजनीतिक दलले  पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि मर्यादित व्यवहार प्रदर्शन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका सचिव एवम् केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीका अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको सोमवारको बैठकले जनप्रदर्शनका तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै तोकिएको नारा मात्र प्रयोग गर्न र प्रदर्शनलाई मर्यादित तथा व्यवस्थित बनाउन निर्देशन दिएको हो । संविधान संशोधन विधेयकका विरोधमा विपक्षीले सो दिन राजधानीमा प्रदर्शन गर्न लागेका हुन् ।

एमाले सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले  विज्ञप्ति जारी गरी निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायत माग विपक्षीको रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस