कहिले बन्छ पुल ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कहिले बन्छ पुल ?


प्रशासन विशेष ब्युरो

१८ पुस २०७३, सोमबार


बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि पक्की पुलका लागि सर्वेक्षण भएको १८ वर्ष पुग्दापनि अहिलेसम्म पुल बन्ने छाँटकाँट देखिएको छैन ।

बेला बेलामा मन्त्रीहरुले  झुलाघाटमा पुल बनाउने आश्वासन दिने गरेको भएपनि अहिलेसम्म पुल बन्न सकेको छैन ।

आश्वासन दिएको वर्षौ बितिसक्दा पनि पुल बन्ने कुनै छाँटकाँट नदेखिएपछि नेताहरुका भाषणबाट आजित बनेका स्थानीयले पुल निर्माण हुने आशा मारेका छन् ।

झण्डै डेढ सय वर्ष अघि इष्ट इण्डिया कम्पनीले नेपाल –भारत सीमानाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडीबासी समस्यामा परेका छन् ।

यातायातको सुविधा नपुगेका समयमा सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका सर्वसाधारणको काठमाडौं र भारत पस्ने प्रमुख नाका यही थियो। अहिले पनि यही नाका हुँदै दैनिक सयौं स्थानीय रोजगारको लागि भारतका विभिन्न सहर पस्ने गरेका छन् ।

झुलाघाटसम्म दुबै देशले पक्की सडक निर्माण गरे पनि पक्की पुलका लागि तदारुकता नदेखाउँदा भारतको उत्तराखण्ड राज्यका नागरिक समेत पीडित बनेको भारतको झुलाघाट व्यापार संघका अध्यक्ष संजिव जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस